pokhari

९ असार, रविन्द्र साह सप्तरी। सप्तरीको फर्सैठ गाविस १ का रामेश्वर यादवले पुरानै पोखरीलाई सफा गरेर रकम खान खोजेको आरोप लगाउनु भएको छ । बिहिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यादवले सो आरोप लगाउनु भएको हो ।

आयोजित पत्रकार सम्मेलनमा फर्सैठ गाविस २ मा रहेको १ कठठा क्षेत्रफलमा ओगेटेको पोखरी निर्माणका लागि सिंचाई मन्त्रालयले प्रदान गरेको ७ लाख रकम मध्ये थोरै कार्य भएको तथा व्यापक मात्रामा आर्थिक अनियमितता भएको उहाँले आरोप लगाउनुभयो ।

यस्तै सोही सम्मेलनमा पोखरी निर्माण कार्यको लागि सार्वजनिक रुपमा काम गर्न आग्रह गरीरहेको अवस्थामा छलफलमै रहेको समयमा उपभोक्ता समितिका अध्यक्ष उदित नारायण यादव सहितकाहरुले निर्घात तरीकाबाट कुटपिट गरेको स्थानीय मधुसुदन यादवले आरोप लगाउनुभयो ।

प्रहरीकै आडमा रामेश्वर लगायत अन्यलाई निर्घात कुटपिट गरेको तथा प्रहरीले मुकदर्शक भएर बसेकोप्रति आक्रोस व्यक्त गर्दै अहिले कुटपिट गर्ने बिरुद्ध प्रहरीले दर्ता समेत गर्न नमानेको उहाँको आरोप छ ।

मधुसुधनले आफ्नो ज्यानको सुरक्षा गर्न सम्पूर्ण सरोकारवालासँग माग गर्नुभयो । गत जेठ २६ गते सो गाविसमा पोखरी खन्ने सम्बन्धमा विवाद भई कुटाकुट हुँदा दुबै पक्षका एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया