ncell prakaran

काठमाडौ । एनसेललाई पुँजीगत लाभकर तिराउने काममा सम्बद्ध निकाय सेलाएका छन् ।एनसेलले वैशाख २६ गते झन्दै १० अर्ब रुपैयाँ दाखिला गरेयता कर तिराउने काममा खासै केही भएको छैन ।

ठूला करदाता कार्यालयले एनसेललाई कर निर्धारण गर्न उसले पुँजगित लाभकरबापतको रकम आंशिक दाखिला गर्नु अघि नै ११ सदस्य समिति गठन गरे पनि समिति निष्क्रिय छ ।समितिको बैठकै नबसेको पनि महिनौ बितेको छ । उसले वैशाख २६ गते रकम दाखिला गर्नुअघि समिति सक्रिय थियो ।एनसेलले कर नतिर्ने नियत देखाएकोले उसले कर निर्धारणका आवश्यक पूर्वतयारी थालिसकेको थियो । आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया