Ncell

१० असार, इनरुवा। देशकै ठुलो निजी दुरसंचार कम्पनीको रुपमा बेग्लै पहिचान बनाउन सफल मोबाईल सेवा प्रदायक एनसेलले डेटा सेवा बस्तिार योजना ल्याउने भएको छ । शुरुका दिनमा मुख्यतः शहर केन्द्रित रहेको डेटा सेवा अब ग्रामिण क्षेत्रमा समेत सुचारु गर्ने अभयिान थालेको छ । देशमै पहिलो पटक ईन्टरनेट सेवामा डेटा प्याकहरुको अवधारणा ल्याएको एनसेलले आफ्नो डेटा सर्भिस ७५ वटै जिललामा पूर्याउन सफल बनेको छ भने थ्रिजी प्रविधीमा आधारित उच्च गतिको डेटा सेवा ६३ जिल्लामा पुगिसकेको कम्पनीले बताउदै आएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा २ करोड ६८ लाख जिएसएम मोबाईल सेवाका ग्राहक रहेकोमा एनसेलका १ करोड ३४ लाख ग्राहक रहेको देखन्छि । सोही अनुरुप नेपालमा एनसेल डेटा प्रयोगकर्ताको संख्या एक करोड २८ लाख रहेको छ भने ५२ लाख ८३ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रगोग गरेको उक्त तथ्याङकले देखाएको छ ।

डेटा बिस्तारको क्रममा शहर केन्द्रीत बनेको एनसेलले हाल ग्रामिण भेगमा समेत थ्रिजी सेवा पूर्याउने अभियानमा जुटेको छ । डेटा प्याकहरु ल्याएपछि ग्राहकले आफ्नो आवश्यकता अनुसार प्याकहरु लिन सक्ने कम्पनीले जनाएको छ । उक्त प्याकमा एक हप्ताको लागि ईन्टरनेट चलाउन परेमा उसले ५० एमबिको साप्ताहिक डेटा प्याक रु ३५ मा लिन सक्ने कम्पनीले जनाएको छ । सगरमाथा आधार शिविरको ५,३८० मिटरको उचाईमा समेत थ्रिजी सेवा सुचारु गरेको एनसेलले हाल फोरजी सेवा संचालन गर्नका लागि पनि केही वर्ष अघिनै सरकारसंग अनुमति मागी सकेको र सकारात्मक जवाफको प्रतिक्षामा रहेको एनसेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया