jaswant

१० असार  काठमाडौं । काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परि प्रमाण र पीडितको किटानी जाहेरी सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।प्रहरीको गोली लागि विहिवार विजुलिबजारमा घाईते भएका गुण्डा नाईके ३० वर्षीय जसवन्त राई भन्ने अश्विनकुमार राईको नाम पनि नेपाली कांग्रेस संग जोडिएको छ

नेपाली कांग्रेस केन्द्रिय नेताको समर्थन रहेको भन्दै राईले पछिल्लो समय गुण्डा नाइके कुमार श्रेष्ठ घैटे प्रहरी मुठभेडमा मारिएपछि फरार रहेका समिरमानसिंह बस्नेतको निर्देशनमा काम गर्दै आएको विवरण प्रहरी कार्यालयमा सुचित गरिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्मर मुनि दुई राउण्ड गोली हानेर पक्रेका बाफल बस्ने गुण्डा नाइके ३० वर्षीय जसवन्त राईलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई वर्षअघि दुई हजार र पाँच हजार धरौटीमा छोडेको थियो।महाशाखाको अपराध टोलीले पछ्याई रहेका राई बिहीबार अदालतमा उपस्थित हुन आएका बेला प्रहरी फन्दामा परेका थिए।

अदालतबाट प्रहरीले पछ्याउन थालपछि राईले घटनास्थलमा प्रहरीलाई नै रडले हानेर भाग्ने प्रयास गरेका थिए। भाग्ने प्रयास गर्दा प्रहरीको गोलीबाट घाईते भएका राईलाई प्रहरीले नै उपचारको लागि वीर अस्पताल लगेको थियो ।

अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार विभिन्न घटनामा संलग्न रहेर पक्राउ परिसकेका राई ज्यान मार्ने उद्योगमा धरौटी बुझाएर रिहा भएपछि पुनः असुलीमा सक्रिय थिए।

गुण्डा नाईके जसवन्तका कर्तुतहरु

राई गत साउन ८ मा ड्रिम गेष्ट हाउसका संचालक छेसाङ वाईवा समेतलाई खुकरी प्रहार गरेको ज्यानमार्ने उद्योग मुद्दामा फरार थिए।महाशाखाका अनुसार २०७२ फागुन ८ गते र सोही वर्ष साउन १८ गते ज्यानमार्ने उद्योग तथा डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतमा बुझाएकोमा दुवै घटनामा क्रमस ४५ र १५ हजार बुझाएर रिहा भएका थिए।

महाशाखाका अनुसार पहिलो घटनामा राई सहितको समुहले कलंकीमा रहेको स्काई प्यालेस डान्सबारमा विश्वास सल्यानी र सुमित रेग्मीलाई धारिलो हतियार तरवार र बोतलले हानेर साथमा रहेको सरसामान लुटेका थिए। २०७२ चैत्रमा पक्राउ परेका राई ज्यान मार्ने उद्योग र डाँका मुद्दामा बैशाअ २१ गते धरौटीमा रिहा भएका थिए।

त्यस्तै २०७२ साउन १८ मा राईकै समूहले कालिमाटीस्थित मनकामना माई यातायात प्रालिका सञ्चालक पञ्कजबहादुर शाहीलाई खकुरी प्रहार गरी लुटपाट गरेको थियो। प्रहरीले अदालतमा बुझाएको ज्यानमार्ने उद्योग र डाँका मुद्दामा २०७२ कार्तिक १३ मा १५ हजार धरौटीमा रिहा भएको महाशाखाले जनाएको छ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया