१२ असार, रविन्द्र साह।स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत रहेका सामाजिक परिचालक संजाल जिल्ला समिति सप्तरीको शनिबार सम्पन्न बैठकले सामाजिक परिचालन समन्वय समिति सप्तरीको आइतबार हुने बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

सामाजिक परिचालक संजाल जिल्ला समितिका संयोजक शिवशंकर मेहता र सचिव रंजित चौधरीद्वारा जारी विज्ञप्तीमा जिविसले असार महिनाभित्रमा कुनै पनि संघसंस्थाहरुसँग सम्झौता नगर्ने आश्वासन जिल्ला भरीका सामाजिक परिचालकहरुलाई दिए पनि हाल जिविस सप्तरीले पुनः सेवा प्रदायक संस्था छनौट गर्ने निर्णय गरीएको तथा सम्पूर्ण सामाजिक परिचालकहरु क्रममा बाधा अवरोध गर्ने निर्णय गरिएको जनाउँदै उक्त निर्णय जिविसले सुधार नगरेर तथा सामाजिक परिचालकहरुको जायज माग सम्बोधन नगरे आन्दोलनमा ओर्लिने चेतावनी दिएको छ ।

हस्ताक्षरित विज्ञप्तीमा यसअघि जिल्ला भरीका सम्पूर्ण सामाजिक परिचालकहरुले जिविस सप्तरीमा जेठ ११ निवेदन दिईसकेको तथा जिविसका स्थानीय विकासअधिकारी सहितले असार मसान्त भित्रमा कुनै किसिमको निर्णय नगर्ने तथा नगराउने निर्णय सहितको आश्वासन दिएको तर हाल आएर जिविस सप्तरीले सो निर्णय कार्यान्वयन नगर्ने पक्ष रहेको र पुनः सेवा प्रदायक संस्था छनौट गर्न चलखेल भइरहेको आरोप समेत लगाईएको छ ।

तपाईको प्रतिक्रिया