१२ असार, रविन्द्र साह सप्तरी। जलवायु परिवर्तनका कारणले मुलुकमा भईरहेको विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि सम्पुर्ण जिम्मेवार निकाय सचेत र जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सभागिहरुले दिएका छन ।

जिल्ला विकास समितिको सहयोग तथा गाविस राष्ट्रिय महासंघ नेपालको आयोजनामा राजविराजमा संचालित युरोपियन युनियन अन्तर्गत हिमालीका परियोजना इसिमोडको सहयोगमा जलवायु परिवर्तन र अनुकुलन सम्बिन्ध चार दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको समापन्न समारोहमा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।

गाविस राष्ट्रिय महासंघ नेपाल सप्तरीका अध्यक्ष गंगाराम यादवको अध्यक्षतामा सम्पन्न सो तार दिने प्रशिक्षण कार्यक्रमको समापन्न समारोहमा सहभागिहरुले जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई विश्वमै परिरहेकोले यसबाट जोगिनका लागि सबै पुर्व तयारीमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उक्त चार दिने प्रशिक्षण कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि ,संचारकर्मी ,अधिकारकर्मी सहित करिब पाँच दर्जनको सहभागिता रहेको तथा सहजिकरण लक्ष्मण पाण्डेले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया