saudi-nepali-murder-650x460-430x336

१२ असार, दोहा । साउदी अरबको रियादमा गत १९ जूनमा एक नेपालीको हत्या भएको छ । विगत ५ बर्ष देखि साउदी अरबको रियाद स्थित काम गर्दै आएका लुम्बिनी संस्कृत नगरपालिका वार्ड नं. ९ रुपन्देही बस्ने बसलत शेखका छोरा मुजिबुद्धिन शेखको भारत उत्तर प्रदेश सिद्धार्थनगर सुल्तानपुर निवासी साजिद चुरिहारले हत्या गरेका हुन् ।

रोजा खोल्न बसेका शेखलाई उत्तर प्रदेश निवासी साजिदले कुर्ची प्रहार गरी हत्या गरेको खुल्न आएको छ । घटनाको बारेमा जानकारी दिंदै अजिजुर रहमान शेखले भने, अन्दाजी २९ बर्षीय मृतक शेख र हत्यारा साजिद एकै कम्पनीमा काम गर्दै र एउटै रुममा बस्दै आएका थिए ।

मृतक शेखले सधैं भारतीय नागरिक साजिदलाई खाना पकाएर खुवाउदै आएका थिए । आफूले खाना अलग बनाएर खान थालेपछि त्यसै विषयलाई लिएर साजिदले रोजा खोल्न बसेका शेखलाई कुर्चीले प्रहार गरेको बताए ।

रिसको आवेशमा आई भारतीय नागरिक साजिदले कुर्ची प्रहार गर्दा कुर्चीको खुट्टाले शेखको टाउको र आँखामा गहिरो चोट लाग्न पुगेकोले मृत्यु हुन पुगेको समाचार साउदीबाट उनका निकटतम व्यक्तिले खबर गरेको उनी बताउँछन् ।

हत्या भएको जानकारी प्राप्त हुने बित्तिकै साजिद चुरिहारलाई साउदी अरबका प्रहरीले आफ्नो नियन्त्रणमा लिई थुनामा राखेर थप छानविन गरिरहेको पनि शेखका निकटतम व्यक्तिले साउदीबाट जानकारी गराए । मृतक शेखको नेपालमा बुवा, आमा, श्रीमती र एक नाबालक छोरी मात्र रहेको अजिजुर रहमान शेखले बताए ।जुमएनपीबाट

तपाईको प्रतिक्रिया