१२ असार, झापा । दुवागढी–३ निवासी एक व्यक्ति भारतमा मृत फेला परेका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भारतको किसनगन्ज–५ मा खोला किनारमा हरिदास राजवंशी मृत फेला परेका हुन् । राजवंशीको शव प्रहरी चौकी पाठामारीबाट गएको प्रहरीको टोलीले भारतीय प्रहरीसँग समन्वय गरी आफन्तलाई जिम्मा लगाएको बताइएको छ । शव शनिबार सडेको अवस्थामा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया