१२ असार, धरान । धरानमा उपप्रधान तथा परराष्टमन्त्री कमल थापा आउने हल्ला एकाएक आयो । हल्लापश्चात राप्रपा नेपालका कार्यकर्ता, पत्रकार तथा अन्य सर्वसाधारण कमल थापाको प्रतिक्षामा रहेका थिए ।
उपप्रधानमन्त्री आउने प्रतिक्षामा तल्लो तलामा बसेका कार्यकर्ता, पत्रकार,सर्वसाधारण त्यतिखेर जिल्ल परे जब उपप्रधानमन्त्री थापा सबैले प्रतिक्षा गरेको कोठामा ननिस्की गाडीमा विराटनगरतर्फ लागे ।
धनकुटामा शनिवार भएको ‘हिन्दुत्व जागरण वृहत जनसभा’लाई सम्बोधन गरी अाइतबार विराटनगरको एक कार्यक्रममा फर्कनुभएका थापाले धरानमा समेत देशको विषय परिस्थितिमा केही बोल्ने अपेक्षा राखेका पत्रकार, कार्यकर्ता तथा सर्वसाधारणहरु मन्त्री थापा थाहै नपाई विराटनगर लागेपछि सबै जिल्ल परे ।