१२ असार, रविन्द्र साह।ग्रामिणमुखी पत्रकारिताको विकास भए मात्र देश र समाजको विकास सम्भव हु्ने विश्वास एक कार्यक्रमका सहभागिहरुले ब्यक्त गरेका छन । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा कंकालिनी संचार समुह प्रालिको आयोजनामा जिल्लाको बेल्ही चपेना गाविसमा संचालित ५ दिने पत्रकारिता तालिमको उदघाटन समारोहमा सहभागिहरुले सो कुरामा जो्ड दिएका हुन ।

कार्यक्रममा सहभागि बक्ताहरुले बढदो आधुनिकतासँगै पत्रकारिता जगतको जसरी विकास भईरहेको छ ,त्यसैगरी कलम चलाउने र ग्रामिण मुखी पत्रकारिताको समेत खाँचो रहेकोले अब एक गाउँ एक पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रालिका बिरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा समाजसेवि एवं बेल्ही चपेना गाविसका निवर्तमान गाविस उपाध्यक्ष देब नारायण साहको प्रमुख आतिथ्यमा आयोजित सो पत्रकारिता तालिमको उदघाटन समारोहमा स्थानीय समाजसेवि नाजिर हुसेन ,तालिमका प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता ,युवा पत्रकार शुभ नारायण यादव ,सहभागिद्धय शिबजी मण्डल ,टुना लाल ठाकुर सहितकाहरुले तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागु गरी ग्रामिणमुखी पत्रकारिता गर्ने विश्वास ब्यक्त गर्नुभयो । उक्त पाँच दिने तालिममा त्यस क्षेत्रका विभिन्न गाविसका करिब ३० जना युवायुवतीहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया