Tharu_Hath_Laltin_Julus-

१२ असार।केही महिनादेखि सुस्त रहेको थरुहट आन्दोलन आइतबारबाट पुनः सुरु भएको छ । आइतबार थरुहट–थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । काठमाडौंका नयाँ बानेश्वरमा दिउँसै लालटेन बालेर थारुहरुको मागप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । लामो समयसम्म आन्दोलन गरिरहँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै थारु अगुवाहरुले आन्दोलन कडा हुँदै जाने बताए । राज्यसँग थारुहरुको दुरी बढ्दै गएकोले थारुहरु विखण्डनतर्फ लाग्न सक्ने चेतावनी थारु अगुवाहरुले दिएका थिए ।

तपाईको प्रतिक्रिया