१२ असार। महोत्तरी प्रहरीले जिल्लाको श्रीपुर ७ बाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले आइतबार बिहान चेकजाँच गर्ने क्रममा श्रीपुर १ का ३२ वर्षीय वकिल साह र भारत सीतामढी जिल्लाका २८ वर्षीय अनवरु हकलाई हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सम्सी–गौशाला सडकखण्डमा बसिरहेको अवस्थामा उनीहरुलाई शङ्काका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने एक थान गोली, फलामको रड र चक्कु बरामद गरेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया