morang badhi bakraha

इटहरी । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौंघर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।

 असार ७ गते बिहान ३ बजे बाँध फुटाएर बस्ती पसको खोलो मधुमल्ला ४ को धप्परटोल र ५ को बेतेनीबाट बगिरहेको छ ।स्थानीय सन्तोश गौतमका अनुसार पश्चिमतर्फको बाँध फुटाएर मधुमल्ला ४ को धपरटोलमा पसेर गाउँबाट बग्न थालेको खोलो डेढ किलोमिटर तल पुगेपछि मात्र पुरानो धारमा पुगेको हाे ।

फेरि पाँच सय मिटर तल मभुमल्ला ५ को बेनेतीको पश्चिमपट्टीबाट खोला बाँध फोडर गाउँ पसको गौतमले बताए ।

बेतेनीमा लगभग डेढ किलोमिटर गाउँ हुँदै खोलो बगेको हो । खोलाको कारण जोखिम बढेपछि विस्थापित बनेका मधुमल्लाका स्थानीय अझै घर र्फकन सकेका छैनन् ।आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया