काठमाडौ। भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले घोषणा गरेकोमध्ये १ अर्ब ८० करोड अमेरिकी डलर मात्रै सम्झौता भएको छ । नेपालको पुनर्निर्माणका लागि गत वर्षको १० असारमा काठमाडौंमा भएका अन्तर्रा्ष्ट्रिय सम्मेलन (आइसिएनआर)मा दातृ निकायले ४ अर्ब १० करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

२४ दातृ निकाय तथा सरकारले सहयोगको घोषणा गरेका थिए । तीमध्ये नौ मुलुक र संस्थासँग मात्रै सहयोगको आंशिक रकमको सम्झौता भएको छ ।दाता सम्मेलनमा सबैभन्दा धेरै १ अर्ब ४० करोड डलर सहयोग घोषणा गरेको भारतसँग २५ करोड डलरको मात्रै सम्झौता भएको छ ।बाँकी रकमको ऋण सम्झौताको प्रक्रिया अघि बढिरहेको अर्थ मन्त्रालयले जनाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ।

 

तपाईको प्रतिक्रिया