Messi 1

१३ असार, काठमाडौं । समकालीन विश्व फुटबलको सर्वश्रेष्ठ फुटबलर हुन अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनेल मेस्सी । अब उनका खेलहरु हेर्न पाइने छैनन् । विश्व फुटबलमा नयाँ युगको सुरुवात गराएका मेस्सीले सोमबारबाट विश्व फुटबलबाट विदा लिए । अब उनले अर्जेन्टिनाका लागि खेलेको हामीले देख्ने छैनौं । उनको जीवनमा भएका दश रोचक तथ्यहरु हामीले प्रस्तुत गरेका छौं ।

 मेस्सीले अर्जेन्टिनालाई महत्वपूर्ण उपाधि दिलाउन नसकेपनि उनी अर्जेन्टिनाका सबैभन्दा सफल खेलाडी हुन् । उनले अर्जेन्टिनाका लागि एक सय १२ खेलमा ५५ गोल गरेका छन् । मेस्सीले जति गोल अरु कसैले गरेका छैनन् ।

Messi 2

विश्वलाई आफ्नो फुटबलकलाबाट लोभ्याउने मेस्सी बाल्यकालमा ग्रोथ हरमोन सम्बन्धी रोगबाट ग्रसित थिए । उनको रोग प्रतिरोधात्मक क्षमता कम थियो भने आँखाको दृष्टी क्षमता पनि कम थियो । यसले गर्दा उनको विकासका लागि हरमोन दिनुपर्ने अवस्था आएको थियो । उनलाई लगातार तीन वर्षसम्म हप्ताको सातै दिन खुट्टामा सुई लगाउनु परेको थियो ।

Messi 3

मेस्सीको प्रतिभालाई सबैभन्दा पहिले बार्सिलोनाले पहिचान गरेको थियो । बार्सिलोनाले मेस्सीलाई सन् २००० को डिसेम्बर १४ मा अनुबन्ध गरेको थियो । त्यसबेला मेस्सी मात्रै १३ वर्षका थिए । सम्झौताका लागि मेस्सी आफ्ना बुवासँग गएका थिए । मेस्सीको बार्सिलोनासँगको पहिलो सम्झौता न्याप्किन पेपरमा भएको थियो ।

अर्जेन्टिनाको तर्फबाट मेस्सीले सन् २००५ को अगस्टमा हंगेरी विरुद्धको खेलबाट डेब्यु गरेका थिए । १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका मेस्सीले पहिलो खेलमा मात्रै ४७ सेकेण्ड खेल्न पाएका थिए । उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । मेस्सीलाई सन् २००४ मा स्पेनले आफ्नो देशको तर्फबाट खेल्न प्रस्ताव गरेको थियो । तर मेस्सीले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । उनले त्यसबेलासम्म अर्जेन्टिनाबाट खेल्न सुरु गरेका थिएनन् ।

Messi 4

मेस्सीको जन्म अर्जेन्टिनाको रोसासियोमा भएको हो । यही ठाउँमा चे ग्वाराको पनि जन्म भएको थियो । मेस्सीका पूर्वज इटालियन मुलका हुन् । उनका पूर्वज सन् १८८३ मा अर्जेन्टिना गएका थिए । मेस्सीकी आमा लेबनानी मुलकी हुन् ।  मेस्सीको छोराको जन्म सन् २०१२ को नोभेम्बर २ मा भएको हो । उनका छोरा थियगोलाई जन्मिएको ७२ घण्टा भित्रै नेवले ओल्ड ब्वाइज क्लबले अनुबन्ध गरेको थियो । थिएगोको नामको ट्याटु मेस्सीले आफ्नो खुट्टामा बनाएका छन् ।

मेस्सी मैदान बाहिर आफ्नो मानवीय सहायताका लागि परिचित छन् । उनले लियो मेस्सी फाउन्डेशनको गठन सन् २००७ मा गरेका थिए । उनले आफ्नो जन्म शहरमा बालबालिकाका लागि अस्पताल बनाएका छन् । उनले सन् २०१३ मा सिरियाली बालबालिकाको सहयोगका लागि आफ्नो कुल कमाईको एक तिहाइ दान गरेका थिए । मेस्सीलाई बाल्यकालमा खाना खुब मनपर्थ्यो । उनलाई बंगुर तथा सुँगुरको मासु, कुखुराको मासु, टमाटर तथा प्याज साह्रै मन पर्छ ।नेपाल सन्देशबाट

 

तपाईको प्रतिक्रिया