messi

१३ असार ।कोपा अमेरिका कपको फाइनल खेलमा चिलीसँग पराजित भएपछि अर्जेन्टिनाका क्याप्टेन तथा स्टाइकर लियोनल मेस्सीले राष्ट्रिय टिमबाट फुटबल नखेल्ने भएका छन् । उनले चिलीसँग खेल पछि यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फाइनल खेलमा पेनाल्टी मिस गरेका लियोनल मेस्सीले एकाएक यस्तो निर्णय गरेका हुन् । उनले भनेका छन्,‘मैले मेरो देशलाई जिताउन हरसम्भव प्रयास गरेकै हुँ, तर म असफल भए । अब राष्ट्रिय टिमबाट फुटबल खेल्ने छैन ।’

मेस्सीले तीन वर्षमा तीनवटा फाइनल खेल गुमाएका छन् । अर्जेन्टिनाको एफएको अफिसियल टिवइटरमा यसबारे जानकारी गराइएको बताइएको छ ।टिवइटरमा भनेका छन्,‘हाम्रो टिम पुर्ण थियो, तर यो हारले मलाई ठुलो पिडा दिएको छ । यो अवस्थामा के कुराको विश्लेषण गर्न मिल्छ मलाई भन्न गाह्रो भएको छ ।’ – नेपालीपात्रबाट

 

तपाईको प्रतिक्रिया