Messi 3

१३ असार, एजेन्सी । फुटबल खेलाडी लिओनल मेस्सीले सन्यास लिने कुराले विश्व खेल जगतमा निकै चर्चा कमाएको छ । उनले अन्तराष्ट्रिय खेल नखेल्ने भनेपछि विश्व बजारमा चर्चा चलेको हो । उनका समर्थहरुले अहिले हस्ताक्षर अभियान नै सुरु गरेर आफ्नो निर्णय फिर्ता लेन आग्रह गरेका छन् ।

मेस्सीलाई आफ्नो सन्यास फिर्ता लिन अनुरोध गरौँ भन्दै डिजिटल हस्ताक्षर अभियान सुरु भएको छ । आफ्नो नाम, ठेगाना, ईमेल र हस्ताक्षर सहित सबैले अनुरोध गर्न सकिने चेन्ज डट ओआरजी नामको वेभसाईटमा उल्लेख छ ।

वेभसाईटका अनुसार ‘प्रिय मेस्सी हामीलाई थाहा छ कि तिम्रो मन दुखेको छ तर कृपया त्यसरी सन्यास घोषणा नगर । तिम्रो देश र तिम्रो टिमलाई तिम्रो खाँचो छ हामी पूर्ण विश्वस्त छौं कि तिमिले २०१८ मा हुने भनिएको विश्वकप जित्ने छौ ।’-लाइटनेपालबाट

 

तपाईको प्रतिक्रिया