काठमाडौं । कामभन्दा बढी गफ दिने एमालेका मन्त्रीमध्येका एक हुन् पर्यटन मन्त्री आनन्द पोख्रेल । पर्यटनमन्त्रीकोकाम गर्ने शैली र उनको लोभी चरित्रका कारण अहिले उडड्यन प्राधिकरण, पर्यटन बोर्ड, नेपाल बायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रायः सबै ओइल्याएको पाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पोख्रेलको चासो यात्रुको सेवा र सुविधामा भन्दा पनि पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पालाई पचास लाख घुस चढाएर टीआईएको प्रमुख बनेका महाप्रबन्धक देवानन्द उपाध्यायबाट कसरी कमिशन र कोशेलीपात हात पार्न पाइन्छ भन्ने ध्याउन्नमा रहने गरेको बताइन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारमा भन्दा कुन एयरलाइन्स र पसलहरुबाट घुस, कमिशन मासिक कति कमाउन सकिन्छ भन्ने चिन्तामा रहने गरेकाले पचास लाखे महाप्रबन्धक देवान्दबाट सिन्को भा“च्ने काम समेत हुन नसकेको, सुरक्षामा चुनौती थपिएको कुरा लोडरले यात्रुको ब्यागेजबाट आइएफोन चोर्नुका साथै संवेदनशील क्षेत्रभित्र रहेको राष्ट्रिय बाणिज्य बैंकभित्रै चोर पसेर बैंक फोडेको घटनाले पुष्टि गर्दछ ।आजको समयबद्ध साम्ताहिक खबर छ ।