काठमाडौं । नेपाल राष्ट्र बैंकका टेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कृषि क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने बताएका छन् ।कृषि कर्जाको आवश्यकता, सम्भावना र चुनौती विषयमा नेपालगन्जमा भएको अन्तरक्रियामा सिवाकोटीले प्राथमिकताका क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले कृषि र उर्जामा १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि त्यसअनुसार लगानी हुन नसकेको बताए ।

उनले कृषि क्षेत्रमा लगानी बढाउँदै जानेसमेत जानकारी दिए । उनले भने ‘कृषिमा लगनी बढाउँदै लैजाने तयारी भइरहेको छ ।सिवाकोटीका अनुसार २९ बैंक तथा वित्तीय संस्थाले ७.१ प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेका छन् ।उनले कृषिलाई व्यवसायीकरण गर्नुपर्ने बताए । उनले प्राथमिकता तोकिएको क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई जरिवानासहित कारबाही गर्ने व्यवस्था हुन लागेको बताए ।’ आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया