१४ असार, रविन्द्र साह।सप्तरी सिम्राहसिग्यौन ९ बस्ने अर्जुन सदाको श्रीमति रेखा कुमारी सदा घरवाट खेतसम्म धान रोप्न जाने क्रममा अविरल परेको वर्षासँगै परेको चट्याङमा परी मृत अवस्थामा फेला परेकि छिन।जि. प्र. का. सप्तरीले शवलाइ  पोष्टमार्टमको लागि सगरमाथा अंचल अस्पताल राजविराज पठएको जानकारी प्र. ना. उ. दान बहादुर कार्की ले दिएका हुन।

साथै सोमबार बिहानकै अविरल  वर्षा सँगै परेको चट्याङले लागि राजविराज २ बस्ने ३५ वर्षिया मदिना खातुन र सिम्राहसिग्यौन ४ बस्ने २५ वर्षिया सोभा देवि सदा सामान्य घाइते भएका थए। घाइतेहरुको उपचारको सगरमाथा अंचल अस्पताल राजविराजमा भैरहेको छ।

 

तपाईको प्रतिक्रिया