ban mantri agani sapkota

१५ असार,नरेन्द्र बस्नेत बेलबारी । भुमाफिया र तस्करका कारण नेपालको बन सखाप भएको र राजनीतिक अस्थिरताका कारण रोक्न सक्ने अबस्था पनि नभएको बनमन्त्री अग्नि सापकोटाले बताएका छन ।बन क्षेत्रमा दैनिक रुपमा तस्करको रजाँई भईररहेको र उनीहरुलाई पक्राऊ गरिहाले पनि कारबाही नहुने र छुटिहाल्ने भएका कारण तस्करको मनोबल उच्च हुने भएकोले समस्या थप जटिल बन्दै गएको उनले बताए ।

हरेक मानिसहरु कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता भएको र पक्राउ परिहाले पनि नेताहरुले दबाब दिएरै उनीहरुलाई छुटाउने भएका कारण अपराधीले मुत्ति पाउने गरेको समेत उनले खुलासा गरेका छन ।जिल्ला वन कार्यलय मोरङको आयोजना र लक्ष्मी सामुदायीक वन उपभोक्ता समुह डाँगीहाटको सहआयोजनामा बुधबार भएको  एक दिने वन महोत्सव तथा सामुदायिक बन हस्तान्तरण र बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित मन्त्री सापकोटाले यस्तो बताएका हुन ।

बन क्षेत्रको संरक्षण गर्न नसके मानब अस्तित्व समेत संकटमा पर्ने भन्दै उनले बनको संरक्षण गर्नु जरुरी भएको समेत बताए । उनले बन संरक्षण गर्न सकेमात्र ती क्षेत्रमा रहेका बिभिन्न पर्यटकीय क्षेत्रहरुको समेत बिकास गर्न सकिने र पर्यटकहरुलाई आकर्षित गरी आयआर्जन गर्न सकिने उनले बताए । संबिधान कार्यन्वयन सँगै बन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढनुपर्नेमा समेत उनले जोड दिए ।

बैज्ञानिक वन व्यवस्थापन अन्तर्गत लक्ष्मी सामुदायिक वन क्षेत्रको २० हेक्टर जमिनमा करिव ४० हजार बिरुवा रोपिएको छ भने वन हस्तान्तरण समेत भएको व्यवस्थापन समितिका संयोजक राजन पोख्रेलले बताए । कार्यक्रममा लक्ष्मी सामुदायिक, भुल्के,पशुपति सामुदायिक र आमजुँगी सामुदायीक वन समुहलाई समुदायलाई हस्तान्तरण गरिएको लक्ष्मी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष सईकुमार राईले बताएका छन।

कार्यक्रममा उपस्थित हुनुअघि मन्त्री सापाकोटाले सेक्टर बन कार्यलय बेलबारी र बेतना सिमसार क्षेत्रको अबलोकन गरेका थिए । बेलबारी ३ मा रहेको सेक्टर बन कार्यलयमा उनलाई नेपाली सेनाको एउटा टुकडीले सलामी समेत अर्पण गरेको थियो । बेलबारी ३ मै निर्माण हुन लागेको बेलबारी बहुमुखी क्याम्पसको निर्माणस्थलको समेत मन्त्री सापकोटाले निरिक्षण गरेका छन ।

तपाईको प्रतिक्रिया