१८ असार, रविन्द्र साह। सप्तरीको महदेवा गाविसका जेष्ठ नागरिकहरुलाई शनिबार एक कार्यक्रम बिच सम्मान गरिएको छ । गाविसको कार्यालय महदेवाको सहयोग तथा युवा सरोकार तथा विकास मंच नेपाल राजविराजको आयोजनामा आयोजित सो कार्यक्रममा त्यहाँका जेष्ठ नागरिकहरुको समस्या तथा समाधानको बारेमा सहभागिहरुले जोड दिएका थिए ।

महदेवा गाविसका जेष्ठ नागरिक मुक्तिनाथ मण्डलको अध्यक्षता तथा गाविसका निवर्तमान गाविस अध्यक्ष दानालाल यादवको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा स्वास्थ्य चौकीका प्रमुख रामदेव यादव ,युवा पत्रकार शुभ नारायण यादव ,सदभावना पार्टीका नेता दुर्गा प्रसाद ईसर ,संस्थाका अध्यक्ष बिरेन्द्र प्रसाद यादव ,जितेन्द्र कुमार यादव ,गजेन्द्र प्रसाद यादव लगायतका बक्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया