jagdamba cement-insurance

२० असार, काठमाण्डौ । बिगत १५ र्बषदेखी ग्राहक तथा उपभोक्तार्वगहरुमा गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्दै आएको जगदम्बा सिमेन्टले ‘ घर बिमा योजना र्कायक्रम समापनको घोषणा गरेको छ । मजबुत अनि सुरक्षित निर्माणका लागि उपभोक्तालाई सदैव जागरुक गर्दै आएको यस जगदम्बा सिमेन्टले ‘जगदम्बा जागरण’, ‘जगदम्बा विशेष’, ‘जगदम्बा सिमेन्ट प्रयोग विधी’ लगायतका अनेकौं उपभोक्ता केन्द्रीत कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 उत्पादनदेखि उपभोगसम्म हरेक चरणमा आफ्नो गुणस्तरलाई अब्बल राख्न सफल यस उद्योगले सिमेन्टको बिक्री वितरणको घेरामा मात्रै सिमित नराखी आफ्ना ग्राहक तथा उपभोक्तहरुलाई जागरुक बनाउने उद्देश्यले केही समयअघि ‘जगदम्बा सिमेन्ट ज्यmभ क्ष्लकगचबलअभ’ योजना ल्याएको थियो । यस योजना अन्तर्गत जगदम्बा सिमेन्टको कुनैपनि उत्पादनको ५० बोरा भन्दा माथिको खरीदमा ग्राहकलाई कम्पनीको तर्फबाट १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो ।

यसै सन्दर्भमा ‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ नाराका साथ ल्याइएको उक्त योजना यही असार ३२ गतेदेखि अन्त हुने सो कम्पनीले जनाएको छ । असार ३२ गते पश्चात कम्पनीको कुनै पनि उत्पादनको ीयबमष्लन मा यसअघि उपलब्ध हुँदै आएको कुनै पनि कुपन नआउने तर डिलर तथा उपभोक्ताहरुको मातहतमा रहेका कुपनहरुको हकमा भने मिति २०७४।०३।३१ गतेसम्म सो मान्य हुने उक्त कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया