Pasang

१३ कात्तिक, काठमाडौं । उपराष्ट्रपतिका लागि एमाओवादीले प्रस्ताव गरेका उम्मेद्वार नन्दकिशोर पुन (पासाङ)को प्रस्तावलाई सत्तारुढ दलले अस्वीकार गरेका छन् ।

सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादीले पासाङलाई उम्मेद्वार बनाउने प्रस्ताव राखेको थियो तर, अधिकांश दलहरुले त्यसलाई अस्वीकार गरेका छन् । उनीहरुले माओवादीकै उम्मेद्वार बनाउने भए तराई मधेसको उत्पीडित जाति वा थारु समुदायबाट उम्मेद्वार बनाउन आग्रह गरेका थिए ।

तर, माओवादीले पुनलाई उम्मेद्वार बनाउने निर्णयबाट ब्याक नहुने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको छ ।

स्रोतका अनुसार उपराष्ट्रतिमा माओवादीले पुनको उम्मेद्वारी दर्ता गराउने तयारी गरेको छ भने सत्तारुढ गठबन्धनबाटै ‘बागी’ उम्मेद्वार पर्ने सम्भावना छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया