mahendranagarma-dharna-639x450

धनुषा १४ कार्तिक । मधेशमा जारी अढाई महिनादेखिको आन्दोलनलाई सम्बोधन गर्न सरकारले अहिलेसम्म पनि केही चासो नदेखाएको भन्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा संयूक्त संघर्ष समिति अनिश्चितकालिन धर्नामा बसेको छ । मधेशमा भईरहेको हकअधिकारको आन्दोलनलाई वास्ता नगरी सरकारले मधेशी जनताको भावना विपरित आन्दोलन लम्ब्याएकाले माग पुरा नभएसम्म धर्नामै बस्ने भन्दै अनिश्चितकालिन धर्नामा बसेको समितिका संयोजक राजकुमार यादवले बताएका छन् ।

समिति कार्तिक ९ गतेदेखि महेन्द्रनगरको हनुमान चौकस्थित हनुमान मन्दिरको छेउमा पाल झुण्ड्याएर धर्नामा बसेको हो । उक्त समितिमा मधेशमा रहेका सम्पुर्ण पार्टीका मधेशी नेता तथा कार्यकर्ता लगायत नागरिक समाज, युवा बुद्धिजिवी, उद्योगी, व्यापारीलगायतको सहभागिता रहेको छ ।

समितिका सदस्यले अनिश्चितकालिन रुपमा २४ घण्टा धर्ना दिइरहेका छन् । ‘मधेश आन्दोलन जारी है’ नाराका साथ हक अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने संयोजक यादवले जनाए ।

संयोजक यादवका अनुसार धर्ना बसेको स्थानमा मधेश सरकार चेक पोष्ट राखी चेकजाँच गर्ने कार्यलाई पनि निरन्तरता दिईएको छ । साथै जनकपुर तिरबाट आएको मोटरसाईकल चेक गरी १८३ ली. पेट्रोल नियन्त्रणमा लिईएको छ ।

विगत ५ दिनदेखि धर्नामा बसेकाहरुको लागि निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ । क्षीरेश्वरनाथ व्यापार संघ महेन्द्रनगरले पनि आन्दोलनप्रति एक्यबद्धता जनाउँदै बिहिवार र्याली समेत निकालेको थियो । उक्त र्यालीमा मधेशी र पहाडी समुदायको उल्लेखनिय सहभागिता रेहेको क्षीरेश्वनाथ व्यापार संघका अध्यक्ष रामजी सिंहले बताए ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया