शनिबार भएको उपराष्ट्रपति निर्वाचनका लागि ५४६ मत खसेको छ। बिहान ११ बजेदेखि सुरू भएको मतदानमा नेकपा एमालेकी सांसद सहित ५१ जना अनुपस्थित रहेका छन्।

यसअघि राष्ट्रपति निर्वाचनमा ५४९ मत खसेको थियो। राष्ट्रपति विद्या भण्डारीले मत हालिनन्। यस्तै एमालेकी सभासद प्रभादेवी बज्राचार्यले पनि मत हालिनन्। यसअघि राष्ट्रपतिमा मत हालेकी सद्भावनाकी माधवी रानी साह आज उपस्थित भइनन्।

सरकार समर्थित दलहरूबाट एनेकपा माओवादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव उपराष्ट्रपति उम्मेदवार बनाएका छन्। सरकार समर्थित दलहरूको मतसंख्या बढी भएकोले पुन उपराष्ट्रपतिमा निर्वाचित हुने संभावना बढी छ। अाजै अपराह्न ५ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा सभामुखले मत परिणामसहित नयाँ उपराष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने कार्यतालिका छ।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया