oli kp

–सरकार विरुद्ध अर्थातमेरा विरद्ध प्रस्तु भएको अविश्वासको प्रस्ताव र यसक्रममा उठेका प्रश्नहरुवारे धाराणा राख्न यहाँ आएको छु ।

–सरकारको गठन, विघटन, अविश्वासको प्रस्ताव, निर्वाचन संसदीय राजनीतिका विशेषता हुन्
–संसदीय अभ्यासमा विश्वास नगर्नेहरुले पनि आज यही अभ्यास गर्नुभएको छ ।

–संविधानमा असहमतिराखेर बाहिर बस्नुभएका मित्रहरु पनि यहाँ आउनुभएकोछ ।
–सरकारको विजय र पराजय ठूलो कुरा होइन ।
–जनताको सरकार जनप्रतिनीधि निकायप्रति उत्तरदायी हुन्छ भन्ने मेरा लागि अविश्वासको प्रस्ताव सामन्य हुन्छ ।
–प्रक्रियाका हिसावले सामन्य हो, तर, समयका हिसावले कति स्वभाविक र सामन्य हो ।
–कपडा काट्नु भन्दा पहिला दश पटक नाप्नुपर्छ । काटेपछि पछुतो नहोस ।
–दुई वटा संविधानबाट हामीले संविधान निर्माण गरेका छौँ ।
–जनताले संविधान प्राप्त गरेको, नेपाल राजनीतिक स्थायीत्व, दिगो लोकतन्त्रमा खुसी नहुने तत्व सक्रिय छन् ।
–धमिलो पानीमा माछा मार्नेहरु सलवलाईरहेका छन् ।
–सकीर्ण स्वार्थका लागि चालिएका कदमप्रति म गंभीर भएको हो ।
–०५२ साल २१ बर्ष अगाडि यस्तै बर्षा याम थियो । मनमोहन सरकार अपदस्त गर्ने राजनीतिक चक्रव्यूय परेको थियो ।
–हेलिकप्टर दुर्घटनामा परेका प्रधानमन्त्रीलाई सांसदमा आफ्नो कुरा राख्ने मौका पनि दिएको थिएन । उक्त सरकारको गल्ती बुढाबुढीको पक्षमा बजेट ल्याएको थियो । गाँउ हेर्यो गल्ती त्यहीँ थियो । सुकुम्वासीलाई बस्ती दियो, त्यही थियो । दमन नगरि पनि शान्ति कायम हुन सक्छ भन्ने उदारण थियो । त्यहीकारण मनमोहन अधिकारीको सरकार हटाइएको थियो ।

–राजनीतिमा उतार चढाव भैरहन्छ । कुनै कुरामा नफसेका साथीहरुलाई धन्यावाद भन्न चाहन्छु ।
–मनमोहन अधिकारीको सरकार अल्पमतको थियो । राम्रो काम गरे वापत संवैधानिक अपब्याख्या गरेर लोकप्रिय सरकार हटाईएको थियो । त्यो संवैधानिक अपब्याख्याको राज्यले धेरै मुल्य तिर्नु पर्यो । रेल लिकबाट बाहिर गएपछि दूर्घटनाको विकल्प हुँदैन ।

–राष्ट्रिय स्वाभीमान र समृद्धको बाटोमा मुलुकलाई अगुवाई गरिरहेको यो सरकारका बाटो नौ महिनामै रोकेर कुन लोकतान्त्रिक अभ्यास गरियो, के सन्देश दिन खोजिएको छ ।

–अनेकौ चुनौतिकावीच हामीले मिलेर संविधान बनायौ । यसको कार्यन्वयनका लागि दलहरु मिलेर जानुपर्ने थियो ।
–अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै गर्दा र बहस गर्दा हामी कहाँ छौ भन्ने भुल्न खोजिएको हो कि भन्ने आभास हुन्छ ।

–संविधान बनेपछि सरकार परिवर्तन हुने अबस्था आउदा पूर्व सहमति र जनताको चाहना वेवास्ता गर्दै मुख्य दलवीच सहमति तोडने काम भयो । तोडनेहरु अर्कै थिए । त्यसपछि राष्ट्रियता र देशभक्ती शक्तिवीच सहकार्य भयो । एमाले र माओवादीवीच १४ बुँदे सहमति थियो । संविधान कार्यन्यन, पूननिर्माण र आर्थिक समृद्धि मुख्य कुरा थियो ।

–माअ‍ोवादीलाई धेरै महत्वपूर्ण मन्त्रालय जिम्मा दिइएको थियो । ति सवै कुरा कहि कतै नौ महिनाका लागि थिए, सरकारको नेतृत्व परिवर्तनका लागि थिए ? यो भाषणको विषय होइन । त्यसपछि लोकतान्त्रिक मोर्चासँग सहमति भयो । त्यसमा के सरकार परिवर्तनको कुरा थियो ? त्यस्तो चर्चा पनि थिएन, संकेत पनि थिएन ।

–अति नै प्रतिकूल अबस्थामा मैले सरकार संचालन शुरु गरेको थिए । ४५ जना भन्दा बढीको ज्यान गैसकेको थियो । मुलुक असाधरण संकटमा परको थियो । दैनिक उपभोग्य बस्तुको हाहकार थियो । नेपाल भारत सम्बन्ध इतिहासमै जटिल मोडमा थियो । भूकम्पपीडितका लागि कुनै काम नभएको अबस्था थियो । आगो बोलेको देशमा, हुरी चलेको देशमा, धुलो उडेको देशमा समस्या समाधान गर्ने जिम्मेवारी लिएको थियो । ति सवै प्रतिकूलतालाई सामना गर्दै सामन्य अबस्थामा ल्याउने काम भयो ।

–जव साधरण अबस्थामा आयो । तव, गठबन्धनबाटै समस्या शुरु भयो । बजेट अगाडि अचानक सरकार परिवर्तनका रहस्यमय खेल शुरु भयो ।

–राष्ट्रपतिको भारत भ्रमणको पूर्वसन्धायमा, नीतितथा कार्यक्रमवारे छलफल भैरहेका बेला एक साँझ सत्ता गठबन्धनका नेता सरकार परिवर्तनकोकुरा लिएर आउनु भयो । अचानक थियो । अस्वभाविक थियो ।

–दलहरु आफ्नो वारेमा निर्णय लिन स्वतन्त्र छन् । दलहरुवीचको सम्बन्धलाई सौदावाजी गरे समस्या ल्याउँछ । सकेसम्म यही सरकारलाई राष्ट्रिय सरकार बनाउने सहमति विपरित परिवर्तनको कुरा आउने अस्वभाविक थियो । आज स्पष्ट हुँदैछ, साथीहरुको मनसाय अर्कै रहेछ ।

–सहयात्री दलहरुबाट उच्चस्तरीय सहयोगको अपेक्षा थियो । त्यो भएन ।
–बजेटपछि सरकार ढल्छ भनेर नियोजित प्रचार चलाएर सरकारको प्रभावकारीतालाई असर पार्ने काम भयो ।
–जनताले चासो राख्ने गरेको शान्ति सुरक्षा र आपुर्तिसँग मन्त्रालय माओवादीसँगै थियो । ति मन्त्रालय माओवादीकै जिम्मा थिए ।

–अपेक्षा अनुसार काम नभएपछि सम्बन्धित पार्टीले कदम चाल्ने नभए मैले कदम चाल्नुपर्ने हुन्छ मैले भनेको हुँ । यो कुरा शेरबहादुरजीको उपस्थितिमा भएको होइन । तर, मैले भनेको होइन । जसरी भएपनि सरकारमा बस्नु पर्ने मैले सोचेको होइन ।

–कतिपय नेता कार्यकर्ता प्रतिपक्ष भन्दा एक कदम अगाडि बढेर सरकारको आलोचनामा उत्रे । मैले नेताहरुलाई भने सहयात्रा इमान्दारीतामा हुन्छ । संयुक्त सरकारमा बसेर जरा काटने काम नगरौँ भनेको हो ।

–हामीले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थियौँ । सरकारलाई सुझाव दिने उसको काम थियो । त्यो दायित्व अविश्वासका प्रस्तावको प्रस्तावकको दादित्व थियो । एक पटक वैठक नबसी अविश्वासको प्रस्ताव आयो ।

–लोकतन्त्रमा सरकार परिवर्तन सामन्य भयो । मैले अविश्वासका प्रस्तावका प्रस्तावकको मत पनि सुने । अचच्चम लाग्यो । विरोध गर्न परे कसरी गर्नु पर्दोरहेछ, यसको नमुना भयो । कुनै विषय छैन । सत्ता परिवर्तनको खेल र भोलिपल्ट छापामार शैलीमा भयो ।

–सरकारले गरेका काम आज जनताले हेरेको छ । दुनियाले मुर्ख बनाउने सकिदैन । यो कुरा हेक्का राख्न जरुरी छ । अस्ति प्रस्ताव राख्दै गर्दा कि कदम चाल्नुस, कि म चाल्छु भन्नुभयोे ।

–काग्रेसले सिद्धान्त नै प्रतिबादन गरेको छ । एउटै सरकारमा ठूला दल बस्न हुँदैन । यो सिद्धान्त भएपछि राष्ट्रिय सहमतिको सरकार नभन्दा हुन्छ । व्यवस्थापिका संसदमा ठूलो दल मिलेर काम गर्न तयार नभएपछि कसरी राष्ट्रिय सहमतिको सरका बन्छ । यस्तो अबस्थामा विभिन्न दल मिलाएर सरकार बनाउनु बाध्यता हो । दोस्रो ठूलो दलका नेतृत्वमा बनाइएको थियो । तेस्रो ठूलो दल, जसले छाड्दा त्यसको खास अर्थ हुन्छ । यसो हुँदा हुँदै त्यो गइदिए हुन्थ्यो भन्ने कसले सोच्छ ।

–प्रस्ताव आउदा आरोप राम्रोसँग सुने । मत फाटेको, चित्त काटिएको काम कारणले होइन रहेछ । मैले मित्रको च्यातिएको मन टाल्ने कोशिष गरे । एकल र सामूहिक रुपमा पनि धेरै पटक मन उनने काममा विताएकोछु । आज उनेर पठायो, भोलि उर्देको हुन्थ्यो । यसपछि सहकार्य साथीहरुलाई यी अनूभव पनि काम लाग्लान । याद गर्नुहोला । आज पनि भन्न चाहन्छु–एम माघले जाडो जाँदैन ।

–अलिकति परिस्थिति फेरिएको होला । तर, समय गतिशिल छ । समाज जान्छ । गजवको सहकार्य चलाउन खोज्नुभएका छ । शुभकामना छ । समर्थन फिर्ता लिदा पनि शुभकामना छ है भनेको थिए ।

–हामीले उच्चस्तरीय राजनीति संयन्त्र किन बनाएका थियौँ । सरकारमा रहेका दल र समर्थन गर्ने दलवीच सहकार्य, समझदारीपूर्ण व्यवहारका लागि बनाएका थियौँ । असमझदार भए, त्यहाँ समझ्दारी खोज्न सकिन्थ्यो ।

–संयन्त्रका संयोजकले सहयात्रीसँग परामर्श गर्नुभयो । एक पटक पनि यसरी जाउ भनेका थियो । आफै संयन्त्रको संयोजक हुने, सदस्यलाई थाह नदिई आफ्नो दुनो सोजिएपछि पोखिने ?

–१४ बुँदे प्रस्तावना अनुसार सरकार गएको छ कि छैन, एक एक बुँदामा छलफल गरौँ । सरकारमा हामीले सल्लाह गरेर नै चलेका हौँ । दिन दिनै हुने भेट चिया खान मात्र बसेका हौ त । महत्वपूर्ण मन्त्रालय लिएका माननीय मन्त्रीपरिषद्का हुनुहुन्थ्यो । आफै बसेको सरकारबाट फिर्ता भएर आफै अविश्वासको प्रस्ताव फिर्ता गर्ने ? धेरै भनिरहनु पर्दैन ।

–अविश्वासको प्रस्ताव राख्दै प्रस्तावकले भन्नुभयो, राजनीतिक सम्भावनाहरुको खेल हो । अन्य खेलमा जस्तै यसका केही नियम र मर्यादा त होलान नि । मर्यादा र नियम नभएपछि फोहोरी खेला । नैतिकता विनाको राजनीति अनेक पाप मध्धेको एक हो । बाग्मती आफै प्रदुशति हुँदैन । मानिसहरुले प्रदुशित गर्छन । संसद र संसदीय खेल आफै फोहरी होइन । फोहरी बनाएपछि फोहरी भैहाल्छ ।रातिपाटिबाट

 

तपाईको प्रतिक्रिया