apharan suresh ram pakrau

९ साउन, वीरगन्ज । वीरगन्जका उद्योगी व्यापारीलाई फिरौती असुलीका लागि फोन धम्की दिने एक जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज आदर्शनगरका एक प्रतिष्ठित उद्योगीलाई फोनबाट धम्की दिएर २० लाख रुपैयाँ फिरौती माग्ने पर्साको हरपुर गाविस वडा नम्बर–३ का ३२ वर्षीय सुरेश रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई हिजो पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । आफु पूर्वसभासद बबन सिंहको मान्छे भएको भन्दै रामले ९८२११४६३१५ नम्बरको मोबाइलबाट उद्योगीलाइ फोन गरेर २० लाख रुपैयाँ फिरौती मागेको प्रहरी नायब उपरिक्षक बोगटीले जानकारी दिए ।

रामले फिरौती रकम नदिए ती उद्योगीका साथै उनका छोराछोरीलाइ अपहरण गरि ज्यान मार्ने धम्की पनि दिएको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । पक्राउ परेका रामलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बोगटीले जानकारी दिए ।

त्यसैगरी डाक्टर र इन्जिनियरको परिक्षामा पास गराइदिने भन्दै विधार्थीहरुसँग रकम असुल्ने गिरोहका मुख्य नाइकेहरुलाइ पनि पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरोहको मुख्य नाइकेद्वय सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ का २४ वर्षिय अमृत देव र महोत्तरीको नैनही गाविस वडा नम्बर ९ का अविनाश मिश्रलाइ पक्राउ गरेको हो ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्ययनरत विधार्थीलाइ एमबिबिएसको परिक्षा र इन्जिनियरीङ अध्ययनका लागि भारतीय दूतावासले दिने छात्रवृतिको परिक्षा पास गराइदिने भन्दै रकम असुल्ने गिरोहका मुख्य योजनाकार देव र मिश्रलाई प्रहरीले हिजो पक्राउ गरेको हो । गिरोहमा संलग्न अरु दुई जनालाई प्रहरीले गत असार ३१ गते नै पक्राउ गरिसकेको छ ।

असार ३१ गते प्रहरीले दार्चुलाको तपोवन गाविस वडा नम्बर २ घर भइ हाल काठमाण्डौमा बस्दै आएका २३ वर्षीय अस्मित सिंह र जनकपुर घर भइ हाल काठमाण्डौमा बस्दै आएका २३ वर्षीय राहुल कुमार ठाकुरलाइ पक्राउ गरेको थियो । रातोपाटिबाट

तपाईको प्रतिक्रिया