koshi-tappu

इनरुवा / कोसीटप्पु वन्यजन्तु आरक्षको सुनसरी र सप्तरी क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका छन् ।

मध्यवर्ती क्षेत्रको नदीमा विषादी हालेका कारणले सो क्षेत्रमा १५० वटा गाईगोरु मरेको स्थानीयवासीले बताएका हुन् । सप्तरीको कमलपुर, पिपरा र सुनसरीको महेन्द्रनगर, प्रकाशपुर क्षेत्रमा गाईगोरु मरेको पाइन्छ ।

यता आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले आरक्ष क्षेत्रदेखि तीन किलोमिटर बाहिर रहेको पटेर घारीमा चारवटा मात्र गाईगोरु मृत अवस्थामा फेला परेको प्रतिक्रिया दिनुभयो ।

आरक्षका प्रतिनिधि र पशु स्वास्थ्य चिकित्सक रामनाथ पाठकसहितको टोलीले सो क्षेत्रमा अवलोकन गरेकाले चारवटा मात्र पशु विषादी सेवनका कारण मृत फेला परेको बताउनुभयो । उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति दिनुपर्ने कृषकले माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राम ढकालका अनुसार स्थानीयवासीको बाली खाएको र बालीमा छरेको विषादीका कारण १०–१५ वटा मात्रै गाईबस्तु मरेको बताउनुभयो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया