१२ साउन,नरेन्द्र बस्नेत बेलबारी । नेपाली काँग्रेस बेलबारी नगरसमितिका सभापति एकलौटी हिसाबले चलेको भन्दै कोईराला प्यानलका नेताहरुले साउन ४ गते गरेको निर्णय नसच्चाए समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन ।

देउवा पक्षका सभापति शम्भु भटराईले एकलौटि पार्टी चलाउन खोजेको भन्दै कोईराला पक्षका नेताहरुले आपत्ति जनाएका हुन । नगरसमितिले मनोनित गर्न पाउने ८ जना सदस्यमा आफुखुसी आफनो प्यानलका ब्यत्तिलाई मात्र नगर सभापतिले मनोनित गरेको भन्दै कोइराला पक्षधरहरु आक्रोशित भएका हुन ।

बुधवार पुर्व नगरउपसभापति मणिसुन्दर थापाको अध्यक्षतामा बसेको कोइराला पक्षधरहरुको बैठकले साउन ४ गते बसेको बैठकको निर्णय बद्धर गर्न माग गरेको छ । साउन २५ गते भित्रमा निर्णय बद्धर नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने तथा समान्नतर नगरकमिटि गठन गर्ने उनीहरुले बताएका छन । बैठकमा महासमिति सदस्य नगेन्द्र जमरकट्टेल माहधिबेशन प्रतिनिधि रुक्मिणी धिमाल लगायत क्षेत्रीय सदस्य,वडा संयोजक लगायतका २५ जनाले हस्ताक्षर सहित बिरोध जनाएका छन ।

नगर सचिबमा पराजित भएका कुल प्रसाद बराललाई सदस्यमा मनोनित गर्न कोइराला पक्षले नमानेपछि काँग्रेस नगर कमिटिमा बिबाद बढेको थियो । संस्थापन पक्षका भनिएका सभापति भट्टराईले कोइराला पक्षका सबै सदस्यहरुलाई निस्तेज गर्ने खेलमा लागेको र आफना पक्षका सदस्यहरुलाई मात्र मनोनित गरेको असन्तुष्टहरुको आरोप रहेको छ ।

बराल कोईराला पक्षकै भएका कारण पनि उनलाई मनोनित नगरिएको उनीहरुको आरोप रहेको छ । पार्टी भनेको प्रजातान्त्रिक तरिकाले चल्नुपर्ने,सबैको कुरा सुनिनुपर्ने र सबैलाई मिलाएर लैजानुपर्नेमा सभापतिले आफनो पक्षलाई काखा र अरुलाई पाखा गर्ने गरेकोले अब पार्टीभित्र अन्र्तसङघर्ष गर्नुको बिकल्प नभएको असन्तुष्ट पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया