lio bikal regami talim training

२५ साउन, इटहरी। युवाहरुमा नकरात्मक सोचाई बढ्दै गएकाले सकरात्मक सोचाईको बिकास गरी सामाजीक र दैवी विपत्तीमा सेवा सहयोगका निम्ति असल नेतृत्व निर्माण गर्न उत्प्रेरणा मिलोस् भनी तालीमको आयोजना गरीएको नि.वर्तमान अध्यक्ष लियो युवराज काफ्लेले बताउनु भयो ।

कार्यक्रम संयोजक लियो विकल रेग्मीले युवाहरुलाई समाजको हरेक क्षेत्रमा नेतृत्व वहन गर्न सिकाउदै आफ्नो क्षमतामा बृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको र त्यसका लागी लियो क्लव एउटा प्लेटफर्म रहेको हुँदा यस अभियानमा सरिक हुन सवै युवाहरूलाई आह्ववान गर्नु भयो।

व्यक्तिगत जीवनमा कसरी अघि बढ्ने, नेतृत्व भनेको के हो, कसरी नेतृत्व वहन गर्ने, सकरात्मक सोचको विकाश कसरी गर्ने र समाजमा युवावर्गले नेतृत्व लिदै समाजमा कस्तो भुमिका खेल्ने लगायतका विषयमा प्रशिक्षण गराईएको थियो ।

लियो सुजन पुरीको अध्यक्षतामा सम्पन्न तालीममा लियो ३२५ ए.वान.अध्यक्ष्य लियो चाँद बाबु इराकीले शुभकामना मन्तव्य राख्दै सेवा गर्ने हातहरू समाजमा बढे मात्र समाज समृद्द बन्ने धारणा राख्नु भयो।

लायन महेश पौडेल, लियो मल्टिपलका पुर्व अध्यक्ष्य लायन कैलाश खाकी श्रेष्ठ तथा लियो ३२५ ए.वान.का पुर्व अध्यक्ष्य लायन संगमदिप श्रेष्ठ प्रक्षिक्षक रहनु भएको सो कार्यक्रमा ईटहरी सुनसरी लियोका पुर्व अध्यक्ष्य लायन राजन सुवेदी, पुर्व अध्यक्ष्य लियो अरुण खड्का, उध्योग बाणिज्य संघ इटहरीकी सदस्य लायन रञ्जु शिग्देल अतिथी रहनु भएको थियो।

ईटहरी ८ स्थित युवा विकाश केन्द्रमा सम्पन्न भएको सो कार्यक्रम लियो प्रकृती गुरागाईले संन्चालन गर्नु भएको थियो भने लियो र अन्य संघ संस्थाबाट ६० जना युवाहरूको सक्रिय सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया