PM-Puspakamal-Dhal-Parchanda

२८ साउन, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खाडीका जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिएका छन्।  परराष्ट्र सचिव शंकरदास बैरागीलाई शुक्रबार बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

दाहालको सचिवालयका अनुसार प्रधानमन्त्री मलेसीया र खाडी मुलूकमा बन्दी जीवन बिताइरहेका नेपालीहरूको ठोस तथ्याङ्क माग गर्दै सरकारले आवश्यक निर्णय गर्ने बताएका हुन्। भेटमा प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिएका थिए।

परराष्ट्र सचिव बैरागीले तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिए। प्रधानमन्त्रीले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउनसमेत निर्देशन दिए। परराष्ट्र सचिव बैरागीले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनी बन्द हुँदै गएको र नेपाली कामदार कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिए।नयापेजबाट

 

तपाईको प्रतिक्रिया