३० साउन, इनरुवा। बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आउँदो ३१ र ३२ गते दुई दिने आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्यक्रम र सम्बन्धन खारेज, पूँजी र विद्यार्थी बिदेश पलायन राेक्न, विद्यार्थीलार्इ यातायात, स्वास्थ्य र मनाेरञ्जनमा ५० प्रतिशत छुटकाे ब्यवस्था गराउन, शिक्षााक्षेत्रमा देखिएकाे बिभिन्न बिकृतीकाे अन्त्य गराउन र बिभिन्न समयमा सरकार समक्ष पेश गरेकाे १७ बुँदे माग पुरा गराउन शैक्षिक हड्ताल गरेकाे जनाएकाे छ ।पछिल्लाे समय बिप्लब माअाेवादी निकट क्रान्तिकारीले बिभिन्न माग राख्दै अान्दाेलन गरिरहेकाे छ ।

तपाईको प्रतिक्रिया