687634

काठमाडौ, १६ कार्तिक । इन्धन अभावको कारण जीवन कष्टकर हुदाँ पनि पनि नेपालीको मुहारमा हाँसो, खुसी र सहयोगी भावना देख्दा पोखरा घुम्न आएका चिनियाँ पर्यटक दंग परेका छन् । पोखराको सारङकोटमा हिम शृखला अवलोकन गर्दा आएका पर्यटकहरु इन्धन अभावले जीवन कष्टकर हुदा पनि खुसी देख्दा दंगपरेका हुन्.।

३२ जनाको टोली सहित सारङकोट पुगेका बेजिङका ६० वर्षिय लि रुङ लीले भुकम्पपछि फेरी इन्धन आभावको कारण दैपनक जिवन प्रभाबित हुदाँ पनि नेपालीको अनुहारमा अझै हाँसिो देखेको बताए ।

नेपालीको सहनशिलताबाट प्ररण मिलेको भन्दै उनले नेपालेको समस्या छिटो समाधान हुने विश्वास व्याक्त गरे । यात्राको क्रममा ठाँउ ठाँउमा लाइमा रहेका सवारी साधा र ग्यास अभावमा दाउरामा पकाएको देख्दा नेपालीको दैनिकी कष्टकर भएको आफुले पाएको उनले सुनाए । आजको अन्न्पुर्ण पाेस्टमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया