३१ साउन, इनरुवा । इटहरी स्थित दुईवटा कवाडी पसलमा सोमबार बिहान आगलागी भएको छ। धरान–विराटनगर सडकखण्डमा रहेको सो कवाडी पसलमा आगलागी हुदा कम्तीमा रु ३० लाखको नोक्सानी भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार आगलागीमा रमेश डङ्गोलको पसल ध्वस्त हुँदा  २० लाख बढीको नोक्सानी भएको  छ भने दीपक चौधरीको  १० लाख बराबरको नोक्सानी भएको छ ।आगो विद्युत् चुहावट भएर लागेको अनुमान गरिएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया