criket sports khel Netherlands-Vs-Nepal

३१ साउन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले टस हारेको छ र ब्याटिङको निम्तो पाएको छ ।

पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो र, ७ विकेटले हारेको थियो । आजको खेलमा नेपालले पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

आज पनि डच टोलीमा नियमित कप्तान पिटर बोरेन अनुपस्थित रहने भएका छन् । उनले नेपालविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । खेल केहीबेरमा सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया