belbari phohor३२ साउन, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिका क्षेत्रका धेरै ठााउमा ३ दिनदेखी फोहर संकलन नहुादा बजार क्षेत्र दुर्गन्धित बन्न थालेको छ । बेलबारी २ र ३ नम्बर वार्डको बजार क्षेत्रभित्र नै फोहरको डंगुर देखिन थालेको छ ।

काठमाण्डौको इनभारो केयरले ५ बर्षका लागी ठेक्का लिएको बेलबारी नगरको फोहर समयमा नउठााउदा स्थानीयहरु आक्रोशित समेत बनेका छन । पब्लिक पार्टनरसिप अर्थात (पिपिथ्रि ) मा शुरु भएको फोहर ब्यबस्थापन उचित ढंगले हुन सकेको छैन । जसमा नगरपालिका,स्थानीय र ठेकेदार कम्पनीले साझेदारीमा काम गर्ने भनिएपनि सो कम्पनीले खासै चासो दिएको देखिदैन ।

बेलबारी गाबिसका तत्कालिन अधिकृत खगेन्द्र गिरीले सो कम्पनी साग २ बर्षअघि सम्झौता गरेको भएपनि सो कम्पनीले राम्रो काम गर्न नसकेको स्थानीयहरु बताउाछन । सो कम्पनीले बार्षिक १५ लाख रुपौया नगरपालिका बाट लिने गरेको छ । साथै एउटा पसल या घरबाट हरेक महिना फोहर संकलन बापत ९० रुपैया लिने गरेको छ । तरपनि नगरपालिका क्षेत्रभित्र फोहरको डंगुर भने यथावत रहन थालेपछि नगरबासीहरु आक्रोशित समेत बनेका छन ।

फोहर ब्यबस्थापनको जिम्मा लिएका बेलबारीका लिला आचार्य संग फोहर संकलन नभएको बिषयमा प्रश्न गर्दा उनले फोहर संकलन भईररहेको र हरेक २ दिनमा एक ठााउको पालो आउने गरेको बताए । नगरभित्र कहीा कतै त्यस्तो फोहर नरहेको दाबी समेत गरे । उता आइतबार सााझ बेलबारी २ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यलय अगाडी ३ दिनदेखि थुपारिएको फोहरको निरिक्षण गर्न आएका बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले फोहर ब्यबस्थापनमा इनभारो केयर र स्थानीय ठेकेदारले लापरबाही गरेका बताए ।

पौडेलले फोहर ब्यबस्थापन नभएको गुनासो नगरमा बढेको र स्थानीय ठेकेदारले त्यसको ब्यबस्थापन गर्न नसकेको समेत बताए । फोहर संकलन गरेर डम्पिङ साईटको रुपमा प्रयोग गरिएको बेलबारी ३ स्थित खोरिया बस्तीका स्थानीयले फोहरको उचित ब्यबस्थापन नहुादा गाउामा प्रदुषण बढेको बताएका छन ।

फोहर संकलन गरेर त्यााहा लगेर फालिने तर फोहर नष्ट नगरिने भएका कारण गााऊ नै प्रदुषित भएका कारण सो क्षेत्रका जनता मारमा परेको स्थानीय कुल बहादुर खडकाले गुनासो पोखे । उनले सम्बन्धित पक्षलाई सो क्षेत्रको अनुगमन गरी फोहर नष्ट गरिदिन समेत आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया