३२ साउन, काठमाडौं । नेवि सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले दिनु भएको जानकारी अनुसार नगेन्द्रसिंह ठकुरी, मनोजमणि आचार्य, नैनसिंह महर, वचन कार्की, पदमराज पन्त, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य अध्यक्षमा उम्मेदवारी दिनु भएको हो।

महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ भने  कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको हो।

समितिले साँझ ६ं:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

 

तपाईको प्रतिक्रिया