salhesh-banner

३२ साउन, काठमाडौं। मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो ।राजधानीमा सोमबार एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्मका विषयमा जानकारी गराएको हो । १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ ।

भोर कम्पनी प्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ ।

‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए । फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ ।

भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् ।६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।

तपाईको प्रतिक्रिया