३२ साउन, महोत्तरी । गौशाला नगरपालिकामा रहेको स्वास्थ्य केन्द्रका प्रमुख अशोक यादव सोमबार राति रक्सी खाएर सडकमै सुतेको अवस्थामा फेलापरेपछि उनलाई स्थानीयहरुले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।

रक्सी सेवन गरेर स्वास्थ्य केन्द्रमा आउने गरेको गुनासो पटक पटक आउने गरेको थियो । चिकित्सक यादवलाई राति नै बर्दिबास स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिए ।

 

 

 

तपाईको प्रतिक्रिया