१ भाद्र, काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेसनलाई दिने घोषणा गरेका हुन ।

धुर्मुस–सुन्तली फाउन्डेसनको सहयागी हात देशैभरि सकारात्मक सन्देश दिएको भन्दै यसले एउटा संस्कारकै रूपमा विकास गरेको बताउदै  प्रचण्डले आफुपनि यस अभियानमा संगै रहेको र  अहिले तत्कालका लागि  पहिलो महिनाको व्यक्तिगत तलव दिने घोषणा गरेका हुन ।

धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत नमुना बस्ती बनाउन लागिरहेको छ ।फाउन्डेसनले दसैंअगावै ६५ वटा घर निर्माण गरी भूकम्पपीडितहरूलाई दिने घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया