belbari nagarpalika

१ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिकाको वार्ड नम्बर ९ मा आर्थिक बर्ष २०७२ र ०७३ मा कुनैपनि बिकास निर्माणका कामहरु नभएपछि सो क्षेत्रका लागी छुटयाईएको ५ लाख रकम रकमान्तर गरी अन्य क्षेत्रमा लगानी गरिएको छ ।

सो क्षेत्रमा स्थानीयले साझेदारीमा कुनै काम गर्न नसकेपछि सो क्षेत्रको बजेट रकमान्तर गरी बेतना सिमसारमा टहरा निर्मााणका लागी खर्च गरिएको कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताए । मंगलबार नगरपालिकाद्धारा बेलबारी २ स्थित तमु बौद्ध गुम्बामा आयोजित बार्षिक समिक्षा कार्यक्रममा पौडेलले यस्तो जानकारी दिएका हुन ।

हाल ४५ लाख मुल कोषमा रकम जम्मा रहेको र २८ लाख रुपैया फ्रिज भएको समेत उनले जानकारी दिए । कार्यक्रममा बेलबारीका सोमबारे बजार लगायत अन्य बजारहरुलाई ब्यबस्थित पारिएको,२० हजार बिरुवा रोपिएको,लगायत सोचेभन्दा बढी राजस्व संकलन भएको समेत जानकारी गराईयो ।

कार्यक्रममा बेलबारी लोहन्द्रा खोलावारी र पारी बस्ने स्थानीयहरुबिच बेमेल रहेको र जुहारी चलिररहेका कारण बिकास निर्माणमा सबै एक भएर लाग्नुपर्ने नत्र आफै पछाडी पर्ने समेत बताए । कार्यक्रममा बर्षभरि भएका बिकास निर्माण लगायत प्रगति र आगामी दिनमा गरिने कामको योजना समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया