sapana cha thulo baak2
१ भाद्र, इटहरी  सुवास संकल्प। नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन हुने गरेको छ ।

यहि क्रममा फ्रूट्स ब्यान्डले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ । नेपालि युवा जमात लाइ बिशेष फोक्स गरेर अथवा पप सैलीमा तयार गरिएको उक्त गीत को भिडियोमा हाम्रो नेपालि समाजमा बिधमान रहेको स्वार्थिपना, हराउदै गईरहेको सहयोगको भावना र सामाजिक सद्भाव बडाउने सन्देश दिन खोजिएको छ ।

sapana cha thulo baak1

पछिल्लो समय भिडियो उत्पादनको क्षेत्रमा सक्रिय युवाहरु को एक समूह “द मोन्टाज” (The Montage) ले निर्माण गरेको उक्त भिडियोको छायांकन पवन सुस्लिङ्गले गरेका हुन ।

फ्रूट्स ब्यान्डकै शब्द र संगीत रहेको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ। हाल जति पनि भिडियोहरु सांगीतिक बजारमा आईरहेको छ त्यो भन्दा अलि फरक शैलीमा बनेको यस भिडियोमा बाल कलाकार प्रवेश के. सि. को अभिनय रहेको छ । प्रवेशको जिवन्त अभिनय ले गर्दा भिडियोमा अझ सुन्दरता थपिएको पाउन सकिन्छ ।

भिडियोकोलागि तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया