काठमाण्डाै । रसुवागढी नाकाबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरिएको छ।हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ। काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो।
नेपालीले चीनबाट मल्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा बढोत्तरी आउने विश्वास गरिएको छ। चीनले दिने भिसा प्रक्रियाका लागि धुन्चेमा रहेको प्रशासनमा सर्वपक्षीय बैठक भइसकेका छन् । चीनले दिने इन्ट्री भिसा अवधि ६ महिनाको हुनेछ। आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।