prachanda ministry cabinet

२ भदौ , काठमाडौं । सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । सहिद घोषणा र क्षतिपूर्तिका लागि मधेसी मोर्चाले हालै मात्र सरकारलाई ६८ जनाको सूची पेश गरेको थियो ।

नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको थियो  । जसमा मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिक आशिष कुमार रामको समेत नाम रहेको थियो ।

बैठकले मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतबारे छानविन गर्न आयोग गठन गरेको छ । सर्वोच्चका पूर्वन्यायाधीश लालको अध्यक्षमा बनेको आयोग सात सदस्यीय रहनेछ । तर, अरु सदस्यबारे केही बताइएको छैन ।

 

तपाईको प्रतिक्रिया