काठमाण्डाै । चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ। निजी  प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०.९७ मेगावाट बिजुली थपिएको थियो।प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ए र ३२ मेगावाटको राहुघाट लामो समयदेखि निर्माणाधीन छन्। तर, ती आयोजना चालु आवमा पूरा हुने अवस्था छैन।आजको नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया