तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए । तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा रहेन ।
उनीहरु रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन्। गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्ने गर्छन्। आजको अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ ।