३ भाद्र,  उदयपुर। उदयपुरको कटारीस्थित सामुदायिक अस्पतालमा काम गर्ने एक बिजुली मिस्त्रीको आज बिधुत मर्मत गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ।

कटारी नगरपालिका ११ मा खसेको एघार हजार भोल्टेजको बिधुत तार मर्मत गर्नेक्रममा करेन्ट लाग्दा सामुदायिक अस्पतालका करारमा रहेका बिजुली मिस्त्री कटारी नगरपालिका ८ बस्ने ३५ वर्षिय सुभाष राईको मृत्यु भएको हो।दिउँसो करिब १ बजेतिर तार जोड्ने क्रममा राईलाई करेण्ट लागेको थियो।

गम्भीर घाइते उनलाई उपचारकालागि सोही अस्पतालमा लगिएकोमा दिँसो २:३० बजे उनको उपचारकाक्रममा मत्यु इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया