kajol

एजेन्सी। चर्चित फिल्म दबंगको तेस्रो भाग अर्थात दबंग–३ मा काजोलले अभिनय गर्न मानेकी छैनन् । निर्माता अरवाज खानका अनुसार दबंग–३ मा दुई हिरोइन छन् ।

जसमध्ये सोनाक्षी सिन्हा पक्का भइसकेकी छिन् भने अर्को हिरोइनको खोजीस्वरुप काजोललाई प्रस्ताव गरिएको थियो । तर, काजोलले स्वीकार गरेकी छैनन् ।

फिल्ममा एउटी यस्ती अभिनेत्रीको आवश्यकता परेको छ की, अभिनेत्री बुलन्द अभिनय गर्न सक्ने साथै चर्चित पनि छन् । यसैक्रममा अरवाज काजोलका पुगेका थिए । तर, काजोलले उनको प्रस्ताव स्विकारिनन् ।

दबंग–३ मा काजोललाई प्रस्ताव गरिएको भूमिका भिलेनको भएको बुझिएको छ । त्यसकारण पनि हुन सक्छ काजोल नमानेको ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया