Rahul-gandhi bimlendra nidhi

नयाँदिल्ली । भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले नेपालको राजनीतिक विकासक्रममा चासो राख्दै राजनीतिक स्थिरता र विकासमा सरकारको प्रयासलाई समर्थन व्यक्त गरेका छन् । उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग आइतबार होटेल ताज प्यालेसमा भेटेका गान्धीले नेपालको स्थिरता र समावेशी लोकतन्त्र बलियो होस् भन्ने सबै भारतीयको चाहना रहेको स्पष्ट पारेका छन् ।

‘गान्धीजीले नेपालको घटनाक्रमबारे के भइरहेको छ भनेर चासो राख्नुभयो,’ निधिले भेटवार्तापछि नयाँ पत्रिकासँग भने । निधिले भारतीय कंग्रेसको नेतृत्वमा सरकार हुँदा नेपालमा लोकतन्त्र स्थापनाका लागि ०६२,६३ को आन्दोलनमा भएको सहयोग र समर्थनको सराहना गरेका थिए । निधिले कंग्रेस अध्यक्ष सोनिया गान्धीको स्वास्थ्यलाभको पनि कामना गरेको जानकारी दिए । यसअघि शुक्रबार अध्यक्ष गान्धीसँग भेट तय भए पनि उनको स्वास्थ्य अवस्था ठीक नभएका कारण भेट स्थगित भएको थियो ।

‘सरकारको प्राथमिकता संविधान कार्यान्वयन हो, यसका लागि मधेसी आन्दोनकारीहरूको माग सम्बोधन गर्ने हाम्रो प्राथमिक एजेन्डा छ भनेर मैले जानकारी दिए । उहााले यो प्रयास सफल होस् भन्ने कामना गर्नुभयो,’ निधिले भने । यसैगरी, सरकारले डेढ वर्षभित्र स्थानीय, प्रान्तीय र संसदीय निर्वाचन गर्ने विषयमा पनि निधिले जानकारी गराएका थिए ।आजको याँ पत्रिका दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया